सडक विस्तारको क्रम पुन सुरु , आज त्रिपुरेश्वरमा बाटो बिस्तार

सडक विस्तारको क्रम पुन सुरु , आज त्रिपुरेश्वरमा बाटो बिस्तार

  • शनिबार, भदौ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

१८ भदौ, काठमाडौं ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले आजदेखि पुन त्रिपुरेश्वरदेखि विष्णुमति पुलसम्मको सडक विस्तार कार्य सुरु गरेको छ ।

विभिन्न बाहनामा विस्तरमा ढिलाइ भइरहेको सो सडकमा प्राधिकरणले आज डोजर लगाएर सडकको दुबैतर्फको ११ ÷११ मिटरभित्र पर्ने भौतिक संरचना भत्काएको छ ।

यसअघि पनि विस्तारका लागि सोहि सडकखण्डमा डोजरले संरचना भत्काउन थालेपछि स्थानियले समय मागेर आफैंले संरचना हटाउने प्रतिवद्धता गरेपछि रोकिएको थियो । तर हालसम्म संरचना यथावत रहेपछि प्राधिकरणले आफै भत्काउन सुरु गरेको हो ।

मुख्य रुपमा दायाँबायाँ ११ मिटर परेका घरका पर्खाल, गेट, वाल, र्भयाङ, छिँडी लगायतका संरचनालाई प्राधिकरणले डोजर लगाएर भत्काएको छ ।

सडक विस्तार गरेर चार लेनको बनाउने सरकारी योजना छ । दायाँबायाँ २ ÷२ मिटरको फुटपाथ पनि निर्माण गरिने काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो ।

कालीमाटीदेखि कलंकीसम्मको् सडक विस्तारको काम भने अझै सुरु हुन सकेको छैन । कलंकी थानकोट सडक खण्डको विस्तारमा सर्बोच्चले रोक लगाएपछि त्यो खण्डको विस्तारमा पनि समस्या उत्पन्न भएको छ ।

स्थानीयले विना क्षतिपूर्ति जवरजस्ती सडक विस्तार गरेको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । कलंकी ÷त्रिपुरेश्वर खण्डको विस्तार भने २०७४ भित्रै सक्ने लक्ष्य राखिएपनि काम भने दु्रत गतिमा हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ