काठमाण्डौ, १८ भदौ ।
काभे्रको कोशीपारीमा ३२ जनाको ज्यान जानेगरि भएको दुर्घटनापछि बन्द भएको अरनिको यातायात पुनः सुचारु भएको छ ।
प्रहरी प्रशासन र अरनिको यातायात समितीविच भएको सहमती अनुसार आजदेखि लामो दुरीका सवारी साधन निर्वाध गुडिरहेका छन् ।
अरनिको यातायात र प्रहरी प्रशासनविच १५ दिनभित्र रुट परमिट लिएर नै सवारी चलाउने प्रारम्भिक सहमती भएको छ ।
यस्तै सिट क्षमता भन्दा २० प्रतिशत बढि यात्रु राखेर गाडि चलाउने समेत सहमती भएको छ । यद्धपी सवारीमा यात्रुको अतिरिक्त सामान लिईने छैन ।
अस्थायी सवारी साधन भने यथावत रुपमा चलिरहेका हाम्रा संबाददाता कमल काफ्लेले जनाएका छन् ।
सडकको अवस्था उस्तै नाजुक भएपनि १६ दिनपछि लामो दुरीका सवारी साधन चलेपछि सर्वसाधारण हर्षित भएका छन् ।
गत साउन ३१ गते कोशिपारीमा यात्रुबहाक बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । ३९ जना घाईते भएका थिए ।