चुनावमा धाधली गर्न तीनै दलले सरकारको नेतृत्व चाहेको भट्टराईको आरोप

चुनावमा धाधली गर्न तीनै दलले सरकारको नेतृत्व चाहेको भट्टराईको आरोप

  • शनिबार, भदौ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

१८ भदौ, काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दलहरु सरकार बनाउने र गिराउने खेलमा लाग्दा संविधान कार्यान्वयन नहुने खतरा रहेको धारणा राख्नुभएको छ ।

पत्रकार अनिल थापाको पुस्तक ‘अविराम बाबुराम’ विमोचन कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले आगामी डेढ बर्षभित्र तीन वटै निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नु पर्ने बाध्यता रहेको भन्दै उहाले तर दलहरु सत्तामोहमा फसेका कारण मुलुकमा संकट उत्पन्न हुने अवस्था आएको बताउनु भयो ।

प्रमुख तीन दल काग्रेस ,एमाले र माओवादी सरकार बनाउने र गिराउने खेलमा लागीरहे संबिधान कार्यन्वयन हुन नसक्ने र तीनै निकायको निर्वाचन पनि सम्भब नहुने भछट्टराईको तर्क छ ।

तेस्रो दलले सरकारको नेतृत्व गर्न छाड्नु पर्ने भन्दै उहाले चुनावमा धाधली गरेर आफ्नो पक्षमा नतिजा पार्ने मनसायले कांग्रेस, एमाले र माओवादीलाई आफ्नै नेतृत्वमा सरकार चाहिएको आरोप समेत लगाउनु भयो ।

सबै मिलेर सहमतीमा नै संविधान संशोधन गरेर मधेसी जनजातिका मागलाई सम्बोधन गर्न जोड दिदै उहाले आफू प्रचण्डको ठाउँमा भएको भए प्रधानमन्त्री नबन्ने चर्चा समेत गर्नुभयो ।

बहुदलमा कांग्रेस र एमाले नमिलेर कहिले लोकेन्द्रबहादुर चन्द त कहिले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएको र त्यसले बहुदललाई नै बदनाम गरेको उहाको विश्लेषण छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ