झापा, १८ भदौ।
सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
झापाको भद्रपुर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले संविधान कार्यान्वयन भएपछि मात्रै देशले फड्को मार्ने भएकाले सरकारले जतिसक्दो चाँडो संविधान कार्यान्वयन गराउन प्रयत्न गर्ने बताउनुभयो ।
संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि परेको भन्दै उहाँले स्थानीय निकायको निर्वाचन भएपछि मात्रै स्थानीय तहको विकास निर्माणका कामले पनि गति लिने बताउनु भयो ।
एक फरक प्रशङ्गमा मन्त्री बुढाथोकीले कर्मचारी सरुवा र बढुवाका लागि आफूलाई जति नै दबाब आए पनि नियम विपरित कुनै कार्य नगर्ने उल्लेख गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline