तीन निकायको निर्वाचनपछि मुलुकले विकासको गति लिन्छ : सिंह

तीन निकायको निर्वाचनपछि मुलुकले विकासको गति लिन्छ : सिंह

  • शनिबार, भदौ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,१८ भदौ ।

नेपाली कांग्रेस नेता प्रकाश मान सिहले तीन निकायको निर्वाचन पछि मात्रै मुलुक विकासको गतितर्फ अघि बढ्ने बताउनु भएको छ ।

एसएलसिमा उत्कृष्ठ नतिजा ल्याउने बिद्यालय र बिध्यार्थीलाई सम्मानका लागी आज बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै उहाले अबको १७ महिना दलहरुका लागी चुनौतिपूण रहेको भन्दै आवश्यक ऐन कानुन निर्माण गरि निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
सहमतीकै आधारमा मधेसी मोर्चाको माग संबोधनका लागी संबिधान संसोधन गर्नुपर्ने भन्दै नेता सिंहले प्रमुख दललाई छलफलगरि निष्कर्षमा पुग्न समेत आग्रह गर्नुभयो । मुलुकलाई सम्बृद्धिको बाटोतर्फ लैजानका लागी जनताको विश्वास जित्न आवश्यक रहेको उहाको भनाई छ ।

अर्को प्रशंगमा नेता सिंहले शिक्षा क्षेत्रको विक्रिति हटाएर सुधारका लागी सबै एक हुनुपर्नेमा जोड दिनुभयो । जन अपेक्षा अनुरुप शिक्षामा सुधार हुन आवश्यक रहेको उहाको भनाई छ ।

नारामा जस्तो शिक्षा सबैका लागी समान नभएको भन्दै उहाले त्यसभित्रको बिभेद अत्य नगरेसम्म स्वतन्त्र प्रतिस्पर्धा हुन नसक्ने धारणा राख्नुभयो ।

कायक्रममा एकनम्बर निर्वाचन क्षेत्र बाट उत्कृष्ट नतिजा ल्याउने विद्यालय र बिद्याथीलाई संयुत्त रुपमा सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ