एमालेको सहमतिमा संविधान संशोधन हुन्छ :मन्त्री लेखक

एमालेको सहमतिमा संविधान संशोधन हुन्छ :मन्त्री लेखक

  • शनिबार, भदौ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १८ भदौ ।  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले प्रतिपक्षी दल नेकपा एमालेलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन गर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधनका विषयमा वार्ता र सहमतिका माध्यमबाट अघि बढ्ने बताउनु भयो ।

संविधान संशोधनको विषयमा अहिले आफूहरु छलफल चरणमा पुगेको भन्दै उहाँले प्रमुख प्रतिपक्षी सहित सबै दलसँग छलफल र संवाद हुने बताउनु भयो ।

एक अर्को प्रसंगमा मन्त्री लेखकले महाकालीमा पुल निर्माणको विस्तृत परियोजना प्रतिवेदन नेपालका तर्फबाट तयार भई भारतीय सरकारलाई बुझाउने प्रक्रियामा रहेको जानकारी गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ