१८ भद्र, फुङलिङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ स्थित घर माथिबाट खसेको पहिरोले पुरिएर एकै घरकाआमा सहितदुई जनाबच्चाको मृत्यू भएको प्रमुखजिल्लाअधिकारी चक्रपाणि पाण्डेले जानकारी दिएका छन् ।
बिहान १ बजे भिषण वर्षाकाकारण ताप्लेजुङ नगरपालिका वडा नं. २ मेदिबुङमापहिरो खसेर एकै घरकातीनजनाको पुरिएर ज्यानगएको हो । पहिरोमाको पुरिए भन्ने खुल्नबाँकी रहेको प्रजिअ पाण्डेले बताए । उद्धार र प्ररम्भिक राहतको लागिप्रहरी परिचालनगरि सकिएको प्रमुखजिल्लाअधिकारी पाण्डेले जानकारी गराएका छन् ।
प्रजिअ पाण्डेले वर्षातको कारण हुनआउने प्रकोपबाट नअतालिन र सकभर आफू सुरक्षित स्थानमा रहन र असुरक्षितमहशुस भएमा तुरुन्तप्रमुखजिल्लाअधिकारी, जिल्लाप्रहरी कार्यालय र नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।
सुरक्षाकर्मी र उद्धारटोली घटना स्थलपुगेको र ठाउँ ठाउँमा पहिरोले बाटो पुरेको कारण घटना स्थलजानको लागि बाटो खुलाउने कामभईरहेकोले बाँकी विवण आउन बाँकी छ ।