१७ भाद्र, फुङलिङ ।
किरात याक्थुङ चुम्लुङले आज आफ्नो २८ औँ स्थापना दिवश विभिन्न कार्यक्रम गरी देश तथा विदेशमा एक साथ मनाएको छ । सो अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी जिल्ला शाखा ताप्लेजुङले चुम्लुङ हिम बनाउने बताएको छ ।
ताप्लेजुङको फुङलिङ बजारमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङ अध्यक्ष भद्र बोखिम र उपाध्यक्ष प्रेम सेलिङले चुम्लुङ हिमको लागि ५, ५ आना जग्गा निःशुल्क दिने घोषणा गरेका छन् ।
कियाचुको २८ औँ स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रममा विभिन्न जातीय संघसंस्था, लिम्बू समुदाय र सरोकारवालाको उपस्थिति थियो । कार्यक्रममा लिम्बू साँस्कृतिक परिषद, ताप्लेजुङका कलाकारले यालाङ, केलाङ र विभिन्न साँकृतिक प्रस्तुति गरेका थिए ।
शुभकामना मन्तव्य दिने सल्लाहकार, जातीय संस्था र सरोकारवालाले चुम्लुङ हिमको बिलकुल आवश्यकता रहेको औँल्याए । मन्तब्यको क्रममा तमु ह्यूल छोँज्धी, ताप्लेजुङ अध्यक्षएमबीलामा, तोक्पेगोला सेवा समाजअध्यक्षओङ्गे शेर्पा लगायतले, शुभकामना व्यक्त गर्दै, किरातहिमको आवश्यक्तालाई चाँडो पूरा गर्नको लागि कियाचु, ताप्लेजुङलाई अग्रिम शुभकामना दिए ।
चुम्लुङ हिमबनाउनको लागितत्कालप्रक्रिया अगाडि बढाउने जिल्लाशाखाअध्यक्षभद्र बोखिमले प्रतिबद्धता गरे । तर त्यसको लागि सबैको एकता, सहकार्य आवश्यक रहेको नभएकार्य समितिले एक्लै बनाउन सम्भबनभएको पनि प्रष्ट पारे ।
चुम्लुङ हिमको स्थापनाको लागितागेरा मिडिया प्रा.लि. संचालकतथाकियाचु, ताप्लेजुङ सल्लाहकार समिति सदस्यआलोक माबोहाङ् लिम्बूले संचार क्षेत्रबाट पूर्ण सहयोग सहित १ लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका छुन् ।
फरकक्षमताभएका सुबास र छात्रा कान्छीमायासम्मानित
कियाचुको २८औँ स्थापनादिवशको अवसर पारी जिल्लाशाखाताप्लेजुङले परक क्षमताभएकाइखाबु, ताप्लेजुङ निवासी सुवास लाबुङ र खेजेनिमनिवासी कान्छीमाया लिम्बूलाई क्रमशः १० हजार र ८ हजार रुपैयाँप्रदान गरी सम्मानगरिएको छ ।
तेह्रथुमजिल्ला, खाम्लुङ गाविस वडा नं. ४ घर भई हाल, ललितपुर निवासी स्व. देवीबहादुर आङबुङ लिम्बूको नाममा ३ बहिनी छोरी र ज्वाईंले कियाचु केन्द्रीयकार्यालय ललितपुर, नेपालमाजम्माहुनेगरी ३ लाखतीनहजार तीनसय छ रुपैयाँअक्षयकोष स्थापनाबाट र बैदेशिक रोजगारकालागि ईजरायलगएका नेपालीबाट संकलन गरीबनेको कोषबाट जम्माहुनआएको ब्याज १८ हजार रुपैयाँ लिम्बूद्वयलाई सम्मान सहित नगद प्रदान गरिएको हो ।
बैदेशिक रोजगारकालागि ईजरायल गएका नेपालीबाट संकलन गरी बनेको कल्याणकारी कोषबाट जम्मा हुन आएको ब्याजले प्रत्येक वर्ष ९ जिल्लाका प्राथमिक विद्यालयकालाई ८ हजार र माध्यमिक तहकालाई १० हजार छात्राबृद्धि प्रदान गरिनेछ ।