प्रधानमन्त्रीले भारत पठाएको पत्रमाथि शंका नगर्नुस् : गृहमन्त्री निधि

प्रधानमन्त्रीले भारत पठाएको पत्रमाथि शंका नगर्नुस् : गृहमन्त्री निधि

  • शुक्रबार, भदौ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ १७ भदौ । 

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा बोल्दै उहाँले वर्तमान सरकार छिमेकीसँग सम्बन्ध सुधार्न प्रयासरत रहेकाले अघिल्लो सरकार भन्दा बढी राष्ट्रवादी समेत भएको दाबी गर्नुभयो ।

प्रधानमन्त्रीको पत्रमा नेपालको राजनीतिक अवस्था र आफ्नो सरकारलाई शुभकामना दिएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त लगायतका सामान्य बिषय मात्रै भएको निधीले जिकिर गर्नुभयो ।

आफ्नो भारत भ्रमणका क्रममा नेपालको संविधानको बिषयमा छलफल नगरेको उहाँको भनाई थियो । मन्त्री निधी प्रधानमन्त्री दाहालको बिशेष दूतको रुपमा गत भदौं २ गतेदेखि भारत भ्रमणमा जानु भएको थियो ।

सो क्रममा उहाँले प्रधानमन्त्री दाहालको पत्र भारतीय प्रधानमन्त्री मोदीलाई बुझाएपछि त्यो पत्र सार्वजनिक गर्नुपर्ने प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ