काठमान्डौ ,भदौ १७ ।
मधेसी मोर्चाले थारु मधेस आन्दोलनका क्रममा आफ्नो कार्यकर्ता माथि लगाइएको मुद्धा फिर्ताको लागि आज नामावलीको सूचि सरकारलाई बुुझाउदै छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र नीधिलाई आज विहान साढे १० बजे गृहमन्त्रालयमा भेटेर मोर्चाले ५ सय जना कार्यकर्ताको सूचि बुझाउन लागेका हुन् ।
आन्दोलनका क्रममा आफ्ना कार्यकर्तालाई सरकारले झुटा मुद्धा लगाएको भन्दै उनीहरुको मुद्धा फिर्ताका लागि सुचि सरकारलाई बुझाउन लागिएको सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले जानकारी दिनु भयो ।
उनीहरुले बुझाउन लागृको सूचिमा टिकापुर घटनामा प्रहरी माथि आक्रमण गरेको घटनामा संम्लग्न भएको भनिएका धनीराम थारु, रेशम चौधरीको नाम समेत समावेश गरिएको छ ।
यस्तै मोर्चाले थप १६ जनालाई सहिद घोषणा गर्न र घाइतेहरुको उपचार खर्च तथा राहतको सम्बन्धमा पनि सरकारको ध्यान आकर्षण गराउने जनाएको छ ।