काठमान्डौ भदौ १७।
डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि आज देखि मतदान प्रक्रिया सुरु हुदै छ ।
मतदानको लागि विहान ११ बजे देखि ४ बजे सम्मको समय तोकिएको संघले जनाएको छ ।
उपत्यका भित्र र बाहिर गरी दूइ चरणमा हुन लागेको निर्वाचनको पहिलो चरणमा आज र भोली उपत्यका बाहिरका १५ स्थानमा निर्वाचन हुन लागेको हो ।
पहिलो चरणमा आज र भोली झापा , विराटनगर , धरान , जनकपुर, लहान, राजविराज, विरगन्ज, चितवन, बुटवल, पोखरा, दाङ, सुर्खेत, नेपालगन्ज, जुम्ला र धनगडीमा निर्वाचन हुन लागेको हो ।
उपत्यका भित्र भने आगामी २१ गते देखि २५ भदौ सम्म निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत डां. धनबहादुर राना मगरले जानकारी दिनु भयो ।
कुल १३ वटा सिटका लागि २ वटा प्यानलबाट २६ जना र एक जना स्वतन्त्र गरी २७ जनाको उमेदवारी परेको प्रमुख निर्वाचन अधिकृत रानाले जानकारीदिनुभयो ।
यस्तै कुल ५ हजार ३ सय ५ मतदाता मध्ये उपत्यका बाहिरका मतदाताको संख्या १ हजारको हाराहारीमा रहेका छन् ।
निर्वाचन सम्पन्न भए पछि उपत्यका बाहिरका सबै मत पेटिका हवाइजहाज मार्फत काठमान्डौ ल्याएर सुरक्षित राखिने डा. रानाले बताउनु भयो ।
भदौ २५ गते उपत्यकाभित्रको मतदान प्रक्रिया सकिए पछि २६ गते विहानै बाट मतगणना गरेरे सोही दिन साँझ सम्म मतपरिणाम निकाल्ने डा. रानाले जानकारी दिनु भयो ।