काठमाडौं, भदौ १६ ।
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि २०७४ माघ भित्र तीनै तहको निर्वाचन हुने दाबी गर्नुभएको छ ।
प्रजातान्त्रिक विचार समाजले आज राजधानीमा गरेको सम्मान कार्यक्रममा सहभागी उपप्रधानमन्त्री निधीले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी सरकार अघि बढेको बताउनु भयो ।
उहाले आफूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले लेखेको विशेष दुतसम्बन्धी पत्र मात्र दिएको भन्दै यस विषयमा कुटनीति नबुझेकाहरुबाट अनावश्यक टिप्पणी भएको बताउनु भयो ।
सोहि कार्यक्रममा सहभागी शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफूले स्वच्छ र पारदर्शी ढंगबाट काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
केसीले पछिल्लो समय मधेसी र पहाडी समुदायबीच देखिएको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योगको विकास बिना मुलुक सम्मृद्ध बन्न नसक्ने भएकाले आफूले बन्द भएका उद्योग खुलाउन प्राथमिकता दिने बताउनु भयो ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले सरकार सञ्चालनका लागि आफूहरुले मन्त्रीहरुलाई सुझावपत्र दिएको जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्वसचिव मधुरमण आचार्य, उपेन्द्रकेशरी न्यौपाने, अन्जनीकुमार झा लगायतले शासन सञ्चालनमा ध्यान पु¥याउनुपर्नेलगायतका विषयका कार्यपत्र प्रस्तुत गरेका थिए ।