वेपत्ता पार्ने कार्यलाई अपराधिकरण गर्ने कानुन बनाउन माग

वेपत्ता पार्ने कार्यलाई अपराधिकरण गर्ने कानुन बनाउन माग

  • बिहिबार, भदौ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ, १६ भदौ ।
वेपत्ता पार्ने कार्यलाई अपराधिकरण गर्ने कानुन तत्काल बनाउन वेपत्ता छानबिन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका पदाधिकारीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटगरी आवश्यक कानुनको अभावमा द्धन्दकालिन अबस्थामा वेपत्ता पार्नेकार्यमा संलग्नहरु बिरुद्ध उजुरी संकलन भएपनि थप प्रक्रिया अघि बढाउन नसकेको गुनासो गरेका थिए ।

टोलीले उजुरी संकलन गरि अनुसन्धान गर्ने कार्य अघि बढाउदा पनि ऐनकै अभावमा थप कार्य गर्न समस्या भएको भन्दै जतिसक्दो छिटो आवश्यक कानुन बनाउन आग्रह गरेको थियो ।

आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले वेपत्ताा पार्ने कार्यमा संलग्नहरुमाथि अनुसन्धान सुरु भएपनि मुद्धा चलाउन सिफारिस गर्ने आधारकै अभावमा अलमल भएको बताउनु भएको थियो ।

आवश्यक जनशत्ति र वजेटको पर्याप्त ब्यावस्थाा गरिदिन समेत आयोगको टोलीले प्रधानमन्त्रलाई आग्रह गरेको थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुकुल हुनेगरी द्धन्दकालिन घटनाको संबोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले आयोगका लागी आवश्यक ऐन निर्माणको लागी सरकारले कार्य गर्ने जनाउदै स्रोत साधनको अभाव हुन नदिने पनि प्रतिबद्धता जनाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ