स्क्रब टाइफसका नयाँ बिरामी भेटिए

स्क्रब टाइफसका नयाँ बिरामी भेटिए

  • बिहिबार, भदौ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

भक्तपुर, भदौ १६ ।
भक्तपुरमा स्क्रब टाइफसका नयाँ बिरामी भेटिएको छ । भक्तपुर जिल्ला अस्पतालमा उपचारका लागि आएका ६ वर्षका एक बालकमा स्क्रब टाइफस भएको भेटिएको हो ।

मुसामा हुने एक प्रकारको किरा ‘माइट’ को टोकाइबाट यो रोग लाग्ने गर्दछ । मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको संक्रमण हुन सक्ने अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. शम्भुदत्त जोशीले जानकारी दिनुभयो ।

यो रोग भएमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, गाठा गुठी हुने, टोकेको ठाउँमा खरानी रंगको डाबर आउने, पछि कलेजो, स्वासप्रश्वस, आन्द्रा, रगतको नली फुट्ने र ज्यानै जानसक्ने डा. जोशीले जानकारी दिनुभयो ।

यो रागेको संक्रमण भक्तपुरमा पहिलो पटक देखा परेको भक्तपुर अस्पताल स्रोतले जनाएको छ । डा. जोशीले जनचेतनाको अभावले रोगको सक्रमण बढ्न सक्ने भएकाले सबैलाई सचेत गराउनु पर्ने बताउँदै यसको सरकारले निःशुल्क उपचार र औषधिको व्यवस्था गरेको जानकारी दिनुभयो ।

भक्तपुरमा यसको बिरामी अरु पनि हुनसक्ने बताउँदै उहाँले यसको परीक्षण गर्ने प्रविधि अर्थात किटको व्यवस्था भक्तपुरमा पनि गर्नु आवश्यक रहेको डा. जोशीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ