जापानसँग दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुरा

जापानसँग दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुरा

  • बिहिबार, भदौ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमान्डौ भदौ १६।
जापानसँग दौत्य सम्बन्ध स्थापना भएको ६० औ वर्ष गाठको अवसरमा आज विशेष कार्यक्रम हुदै छ ।

कार्यक्रममा प्रंधानमन्त्री पुष्पकमल दाहाल , जापनका विदेश राज्यमन्त्री नोवुओ किसी लगायतका सहभागि हुनु हुनेछ । सो कार्यक्रम राजधानीको एक होटलमा हुने छ ।
सोही कार्यक्रममा सहभागी हुनका लागि जापानी राजदुत किसी अस्ति नेपाल आउनु भएको थियो ।

उहाँले नेपाल बसाइका क्रममा उच्च स्तरीय भेटवार्ता गर्नु भएको छ । राष्ट्रपति विद्या देवि भण्डारी र प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नु भएका किसीले भेटका क्रममा नेपालको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

जापानले बर्षगाठको अवसरमा काठमाडौं–नौबिसे सुरुङमार्ग निर्माणका लागि सहयोग बताएको छ ।

जापानले दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई दिने एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग सम्झौतामा हिजो हस्ताक्षर भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ