द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन विशेष छलफल हुँदै

द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन विशेष छलफल हुँदै

  • बिहिबार, भदौ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ, १६ भदौ ।
द्वन्द्वकालीन मुद्दा निरुपण गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरोकारवाला निकायसँग आज छलफल गर्दै हुनुहुन्छ ।

बिहान १० बजे सिंहदरमा हुने बैठकमा वेपत्ता आयोग, कानुनमन्त्री, कानुन सचिव र महान्यायाधिवक्तालाई बोलाउनु भएको हो ।

द्वन्द्वकालीन मुद्दाको सुनुवाइ गर्न अलग्गै विशेष अदालत गठनका विषयमा छलफल गर्न आज प्रधानमन्त्री दाहालले सरोकारवा निकायलाई छलफलका लागि बोलाउनुभएको बताइएको छ ।

आजको बैठकमा बेपत्ता आयोग सम्बन्धी ऐनको संसोधनका साथै आयोगलाई आवश्यक स्रोत साधनका उपलब्ध गराउने विषयमा छलफल हुनेछ ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरुपण र मेलमिलाप ऐनको व्यवस्थाअनुसार सम्बद्ध आयोगबाट सिफारिस भएर आउने मुद्दा सुनुवाइ गर्ने प्रक्रिया र अलग्गै अदालत गठन गर्न सकिने सम्भावनाका विषयमा छलफल पनि छलफल हुनेछ ।

आयोगले आवश्यक स्रोत साधन उपलब्ध गराउन र केही ऐन संशोधनका लागि सरकारलाई आग्रह गरेको छ । द्धन्द्धकालमा राज्य र तत्कालिन विद्रोहि पक्षबाट बेपत्ता पारिएका अवस्थाबारे सत्य र तथ्य छानविन गरी सार्वजनिक गर्न कार्यदेश पाएको आयोगले द्धन्द्धकालीलन घटना सम्बन्धी उजुरी संकलन गरिरहेको छ ।

अहिले कै ऐनमा रहेर काम गर्न असहज भएपछि त्यसलाई केही मात्रमा संशोधन गर्न सरकारलाई आयोगले आग्रह गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ