आज भाद्र कुशे औंसी, अर्थात् बाबुको मुख हेर्ने दिन

आज भाद्र कुशे औंसी, अर्थात् बाबुको मुख हेर्ने दिन

  • बिहिबार, भदौ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाण्डौ ,१६ भदौ ।

आज भाद्र कुशे औंसी, अर्थात् बाबुको मुख हेर्ने दिन । बाबुको मुख हेर्ने दिनका नामले प्रख्यात यो दिनलाई गोकर्णे औंसी भनिन्छ ।

आजको दिनमा छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्छन् । आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाइने यस पर्वमा छोराछोरीले बाबुलाई सम्मान गर्ने चलन छ ।

बाबु नहुनेहरु विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीन÷तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।
आज उपत्यकाको गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ ।

प्रवासमा रहनेहरुले भने आफ्नो बाबुलाई फोन तथा अनलाइन मार्फत सम्पर्क गरि आफ्नो बाबुबाट आसिर्बाद लिने गर्दछन ।

यस्तै आज हिन्दुहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउँदैछन् ।

हिन्दु विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ र्पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
हिन्दुहरु कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ