संविधान दिवस तीन दिन मनाईने

संविधान दिवस तीन दिन मनाईने

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौं, भदौ १५ ।
सरकारले आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षाेल्लासकासाथ मनाउने भएको छ ।

गृह मन्त्रालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरणमा तीन दिन भव्य रुपमा संविधान दिवश मनाउने निर्णय गरेको हो ।

नेपालको संविधान जारी गरेको दिन असोज ३ गते विभिन्न कार्यक्रमका गरी स्वदेश र विदेशमासमेत राष्ट्रिय दिवसकारुपमा भव्यताकासाथ जनाईएको छ । त्यसका लागी तीनओटा उपसमितिसमेत गठन गरेको छ ।

सूचना तथा सन्चारमन्त्री संयोजक रहेको २२ सदस्यीय प्रचारप्रचार उपसमिति, काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजक रहेको आठ सदस्यीय मञ्च सजावट तथा मञ्च व्यवस्थापन र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १५ सदस्यीय ग्राउन्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थान समन्वय उपसमिति गठन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा असोज ३ गते बिहान ८ बजे संविधान दिवसको मूल कार्यक्रम सैनिकमञ्च, टुँडिखेलमा हुनेछ ।

संविधान दिवसको उपलक्ष्यमा असोज २ गते मुलुकभर महानगरपालिका, उपमहानगरपालिका र गाविसले आ–आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवं ब्यानर सजाइ शृंगार र सफाइ गर्ने कार्यक्रम बनाइएको छ ।

असोज ३ गते मुख्य समारोहका अतिरिक्त सूर्याेदयकासाथ नेपाली सेनाद्वारा विगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदको सम्मानका लागि चिरशान्तिको राष्ट्रका तर्फबाट उच्चसम्मान र श्रद्धाञ्जलि प्रकट गर्दै धार्मिक पूजापाठ गर्ने कार्यक्रम बनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ