नेपाललाई जापानद्धारा १ अर्ब ८३ करोडबढी अनुदान सहयोग

नेपाललाई जापानद्धारा १ अर्ब ८३ करोडबढी अनुदान सहयोग

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ , भदौ १५ ।

जापान सरकारले नेपाललाई १ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा जापानका विदेश राज्यमन्त्री नोबु किसाइ र उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितीमा आज हस्ताक्षर भएको हो ।

नेपालमा हवाई सेवामा सुधार र विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि अनुुदानको रकम उपलब्ध गराईने नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बताउनुभयो ।
कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएका किसाईको उपस्थितीमा अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा राजदूत ओगावा र अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले विमानस्थलको हवाई सेवा सम्बन्धि परियोजनाका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य ८ वटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले १ अर्ब ५१ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने छ ।

त्यस्तै ३१ करोड ३० लाख रुपैयाँ विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत अनुदानस्वरुप प्रदान गरिने छ ।

सो सम्झौता पत्रमा नेपालस्थित जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका)का प्रमुख जुन साकुमा र मन्त्रालयका अन्तर्रा्ष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी