काठमान्डौ, भदौ १५ ।
रक्षामन्त्री बालकृष्ण खाँडले संविधान संशोधनका लागि सरकारले गृहकार्य अगाडि बढाएको बताउनु भएको छ ।
चितवनमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस नेतासमेत रहेका मन्त्री खाँडले संविधान संशोधनका लागि साझा धारणा बनाउने काम सुरु भएको बताउनु भएको हो ।
संविधान संशोधन गरी मधेसवादी दलका माग सम्बोधन गरेपछि मात्र उनीहरु सरकारमा आउने वा नआउने टुंगो लाग्ने मन्त्री खाँडले बताउनु भयो । साथै उहाँले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नु भयो ।
मन्त्री खाँडले संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास व्यक्त गर्नूभयो ।
स्थानीय निकायको निर्वाचन समयमा नै हुने उनले दाबी गर्नू भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline