थरुहट थारुवान संयुक्त संघर्ष समितिद्धारा आन्दोलनका कार्यक्रम घोषणा

थरुहट थारुवान संयुक्त संघर्ष समितिद्धारा आन्दोलनका कार्यक्रम घोषणा

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ, १५ भदौ ।
प्रदेशको सिमांकनप्रति असन्तुष्ट थरुहट थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजधानीमा दुईदिनसम्म चलेको समितिको भेलाले एक महिना लामो आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको हो ।

आफूहरुको १३ बुँदे माग पूरा गर्न सरकार संवेदनशी नभएको भन्दै समितिले आगामी असोज १४ गतेसम्मका लागि विभिन्न आन्दोलका कार्यक्रम घोषणा गरेको संयुक्त संघर्ष समितिका सदस्य किशोर कुमार विश्वासले जानकारी दिनुभयो ।

समितिले मधेश आन्दोलनको छानबिनका लागि गठित समिति आफूहरुलाई मान्य नहुने पनि जनाएको छ । घोषित कार्यक्रम अनुसार भदौ २४ गतेदेखि २९ गतेसम्म मेचीदेखि महाकालीसम्म जिल्ला भेला गर्ने कार्यक्रम तय भएको विश्वासले बताउनु भयो ।

यस्तै संविधान जारी भएको असोज ३ गते विभिन्न १० स्थानमा विरोध सभा गर्ने तथा असोज ७ गते थारु महिलाहरुले मनाउने जितिया पर्वलाई पनि आन्दोलनकै रुपमा मनाउने समितिले निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ