सरकार पूर्वाग्राही बनको पूर्व सांसदहरुको आरोप

सरकार पूर्वाग्राही बनको पूर्व सांसदहरुको आरोप

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमान्डौ ,भदौ १५।
आफूहरुले पाउँदै आएको सेवा सुविधा सरकारले कटौती गरेको भन्दै पूर्व सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व सांसद मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले आफूहरुलाई सुविधाबाट वञ्चित गरेर सरकार पूर्वाग्रही भएको गुनासो गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री दाहाल समक्ष आफुहरुलाई न्यूनतम सेवा सुविधा उपलव्ध गराई पूर्व सांसदहरुको मर्यादा कायम राख्न आग्रह समेत गरेका छन् ।

नीति निर्माण तह, राज्य पुनर्संरचनालगायतका विषयमा आफूहरुको सुझाव लिन समेत उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

जवाफमा प्रधानमन्त्री दाहालले पूर्व सांसदहरुको मर्यादा कायम राख्न आफू सकारात्मक रहेको र यस विषयमा मन्त्रिपरिषद्को बैठकले छिट्टै निर्णय गर्ने आश्वसन दिनु भएको छ ।

दाहालले पूर्व सांसादहरुलाई आफ्नो अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ