काठमाडौं नौविबसे सुरुङ मार्ग निर्माणमा जापानले सहयोग गर्ने

काठमाडौं नौविबसे सुरुङ मार्ग निर्माणमा जापानले सहयोग गर्ने

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ १५ भदौ ।
जापानले काठमाडौं नौविबसे सुरुङ मार्ग निर्माणका लागि १८ बिलियन नेपाली रुपैया बराबरको सहयोग गर्नेे भएको छ ।

नेपाल भ्रमणमा रहनु भएका जापानका विदेश राज्यमन्त्री नोबुओ किसिले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सुरुङ मार्ग निर्माणका लागी सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराउनु भएको हो ।

सिंहदरवारमा भएको भेटमा नोबुओले प्रधानमन्त्रीले राख्नु भएको सो प्रस्ताव प्रति समर्थन गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

भेटमा प्रधानमन्त्री दाहालले नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनका दिशामा अघि बढेकाले आगामी दिनमा पनि जापानको निरन्तर सहयोग र सदभाव रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

लामो समयदेखि जापान नेपालको विकासको प्रमुख सहयोगी रहँदै आएको चर्चा गर्दै उहाले दुई देशको सम्वन्धलाई अझै फराकिलो र थप सुमधुर बनाउन प्रयत्नशील रहने वताउनु भयो ।

जवाफमा राज्यमन्त्री नोबु किसिले नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुर्न्निर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्रीले अघि बढाउनुभएको कार्ययोजनाको प्रशंसा गर्नुभयो ।

नेपाल जापानको दौत्य सम्वन्ध सुमधुर ढंगले साठी बर्ष पुगेको अवसरमा जापानी बिदेश राज्यमन्त्री नेपाल भ्रमणमा आउनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ