जापानका परराष्ट्र राज्यमन्त्रीले प्रधानमन्त्रीलाई भेट्दै

जापानका परराष्ट्र राज्यमन्त्रीले प्रधानमन्त्रीलाई भेट्दै

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १५ भदौ ।
नेपाल भ्रमणमा रहनु भएका जापानका परराष्ट्र राज्यमन्त्री नोबुओ किसीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै हुनुहुन्छ ।

बिहान १० बजेपछि सिंहरदरबारमा हुने छलफलमा दुई देशबीचको आपसी सम्बन्ध, दुईपक्षीय सहयोग तथा दुई मुलुकबीचको सम्बन्ध थप सुधार लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै संविधान कार्यन्वयनका साथै भूकम्प पिडितहरुको पुनरव्यवस्थापन र पुनरनिर्माणमा भइरहेको प्रयासका बारेमा पनि भेटका क्रममा छलफल हुने बताइएको छ ।

भूकम्पपछिको पुनरनिर्माणका लागि सहयोगको घोषणा गरेको जापानले भूकम्प पिडितहरुको पुनरस्थापनाका लागि भत्किएको संरचना पुनरनिर्माणका कामले गति लिन नसकेको प्रति चासो व्यक्त गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ