प्रधानमन्त्री र स्थानीय निकाय पुनरसंरचना आयोगका अध्यक्षविच छलफल 

प्रधानमन्त्री र स्थानीय निकाय पुनरसंरचना आयोगका अध्यक्षविच छलफल 

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ १५ भदौ ।
स्थानीय निकाय पुनर संरचनाका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज स्थानीय निकाय पुनरसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गर्नु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा स्थानीय तह निर्धारण सम्बन्धी आयोगको प्रस्ताव परिमार्जनको सम्बन्धमा छलफल भएको बताइएको छ ।

आयोगले प्रस्ताव गरेको स्थानीय तहको संख्यामा दलहरुबीच मतभेद देखिएपछि प्रधानमन्त्री दाहालले आयोगका अध्यक्ष पौडेलसग छलफल गर्नुु भएको हो ।

स्थानीय निकायको संखय ५ सय ६५ रहने आयोगको प्रस्तावमा सरकारको प्रमुख घटक नेपाली कांग्रेसले असन्तुष्टी व्यक्त गर्दै आएको छ । उसले स्थानीय निकायको संख्य एक हजार पुर्याउनु पर्ने प्रस्ताव अघि सार्दै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आयोगले निर्धारण गरेको संखयलाई नै आधार मानेर निर्वाचनमा जानुपर्ने बताएको छ ।

यस्तै संयुक्त मधेशी मोर्चाले प्रदेश सिमांकनको विवाद समाधान नभएसम्म स्थानीय निकायको निर्वाचन स्वीकार गर्न नसक्ने बताउनदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ