भुकम्पपिडितलाई चाडपर्वमा सहुलियत दिन सरकारलाई निर्देशन

भुकम्पपिडितलाई चाडपर्वमा सहुलियत दिन सरकारलाई निर्देशन

  • मङ्लबार, भदौ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ ,१४ भदौ ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिले दुर्गम तथा भूकम्पबाट प्रभावित जिल्लाका सर्वसाधारणलाई चाडपर्वका अवसरमा सहुलियतरुपमा खाद्यान्न उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको आजको बैठकले काठमाडौँ उपत्यकालगायत मुलुकका अन्य स्थानमा आसन्न चाडपर्वका अवसरमा सञ्चालन हुने सुपथ मुल्यका पसललाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

विगत वर्षमा सहुलियतपूर्वक सञ्चालन गरेबापत सरकारले संस्थानलाई उपलब्ध गराउन बाँकी रकम अबिलम्ब सोधभर्ना दिलाउने व्यवस्था गर्न पनि आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयो ।

यस्तै पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले चाडवाडका अवसरमा आपूर्ति व्यवस्थालाई विशेष ध्यान दिनुपर्ने तथा बजारमा विचौलियालाई कडा निगरानीमा राख्नुपर्ने बताउनु भयो ।

बैठकमा सहभागी सांसदले बजार अनुगमनलाई विशेष प्राथमिकतामा राखेर अत्यावश्यीयक वस्तुको आपूर्ति तथा व्यवस्थापनको पाटोमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

आपूर्ति सचिव श्रीधर सापकोटाले समितिले दिएको निर्देशनलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्दै बजार व्यवस्थापन र अनुगमनलाई विशेष ध्यान दिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ