संसदद्धारा यातना र स्काउट सम्बन्धी दुई विधेयक स्वीकृत

संसदद्धारा यातना र स्काउट सम्बन्धी दुई विधेयक स्वीकृत

  • मङ्लबार, भदौ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १४ भाद्र ।

व्यवस्थापिका संसदको आजको बैठकले “यातना तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण विधेयक, २०७१ र “नेपाल स्काउट (दोस्रो संशोधन) विधेयक, २०७१ स्वीकृती गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले यातना सम्बन्धि विधेयक, र युवा तथा खेलकुद मन्त्री दलजित वि.के.श्रीपालीले पेश गर्नुभएको स्काउट विधेयक संसदबाट बहुमतले स्वीकृत भएको हो ।

यसैबीच, संसदको आजको बैठकमा बोल्दै सत्ता साझेदार दल कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले छिमेकी मुलुक भारतसँग जोडिएको सीमानाहरुको नेपालले सुरक्षा गर्न नसकेको भन्दै सरकारको आलोचन गर्नुभएको छ ।

भण्डारीले सप्तरीको तिलाठि, नवलपरासीको सुस्ता लगायत कयौं ठाउँमा भारतीय पक्षबाट सीमा मिचिँदा समेत सरकारले केही पनि नबोल्नु दुःखद भएको भन्दै त्यसबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो । भारतीय पक्षबाट बनाईएका बाधले नेपाली भुमिमा डुवान हुँदा समेत नेपाल सरकार केहि बोल्न नसक्नु लाजमर्दो भएके उहाको भनाई छ ।

यस्तै नेकपा(एमाले)का सांसद युवराज ज्ञवालीले काठमाडौंको सडकहरु तथा यातायातको अस्तव्यवस्तताको कारणले अहिले काठमाडौंको आकर्षण घटाइरहेको स्पष्ट पार्नुभएको छ । सांसद ज्ञवालीले त्रिपुरेश्वर देखि नागढुंगासम्मको सडकको निर्माण कार्य १ बर्ष सम्म नसकिएको भन्दै त्यसको कारण र निर्माण सम्मपन्न हुने मिति सहित जानकारी गराउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण समेत गराउनु भयो ।

नेकपा(माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले भूकम्प पिडितलाई छिटो भन्दा छिटो राहत उपलब्ध गराउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाले जग्गा धनी पुर्जा नभएका धेरै सुकुम्बासीहरुको समेत भूकम्पले घर भत्काएकाले उनीहरुलाई समेत राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

यस्तै फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले वर्तमान सरकारको मन्त्रिमण्डलमा समानुपातिक र समावेशी प्रतिनिधित्व नगराइनु दुःखद् भएको धारणा राख्नुभयो । त्यस्तै राप्रपाका सांसद पर्शुराम तामाङ्गले धादिङ्गको दुर्गम क्षेत्रका भुकम्प पडितहरुको लागि प्रधानमन्त्री प्रचण्डले हालै भने जस्तै हेलिकोप्टरमा पैसा लगेर बाँड्दा नै उपयुक्त हुने दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ