काठमाडौ १४ भदौ ।
स्थानीय निकायको पुनरसंरचना, संविधान शंशोधन लगायतका विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
स्थानीय तहको पुनरसंरचनामा पछिल्लो पटक देखिएको मतभेद समाधान गर्ने प्रयास स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाले कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बोलाउनु भएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको शिर्ष नेता सम्मिलित बैठकमा दलहरुले आ आफ्ना अडान दोहोर्याएका कारण कुनै सहमति जुट्न नसकेको जनाएको छ ।
कांग्रेस र माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधनका लागि प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै संविधान संशोधन प्रस्ताव लैजाने तयारी गरेको भन्दै सहयोग गर्न आह्वान गरेका थिए ।
जवाफमा एमालेले अहिलेको अवस्थामा संविधान संशोधन आवशयकता नरहेको प्रतिक्रिया जनाएका थिए । सरकारले निर्वाचन टाल्न खोजेको भन्दै तत्काल निर्वाचनको मिति घोषणा गरेर अघि बढ्नुपर्नेमा एमालेको जोड ।
यस्तै बैठकमा दलहरुबीच स्थानीय तहको संखयका विषयमा पनि कुनै सहमति जुट्न सकेन ।
राज्य पुनरसंरचना आयोगले तयार पारेको प्रस्तावमा ५ सय ६५ को संख्यमा स्थानीय तह हुने उल्लेख गरिएकामा कांग्रेस माओवादीले उक्त संख्य बढाउनु पर्ने बताउदै आएका छन् । एमालले भने आयोगको प्रस्ताव अनुसार नै अघि बढ्नु पर्ने मत राख्दै आएको छ ।