काठमाडौ १४ भदौ ।
खाडी मुलुकमा कार्यरत नेपाली कामदारको समग्र अवस्थाबारे परारष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गर्दैछ ।
मुलुकको प्रधानमन्त्रीमा नियुक्ति भए लगततै प्रधानमन्त्री दाहालले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपालीको अस्थाबारे जानकारी गराउन दिएको निर्देशन अनुरुप परराष्ट्र मन्त्रालयले आज ब्रिफिङ गर्न लागेको हो ।
सिंहदरबारमा बिहान १० बजेपछि मन्त्रालयका कन्सुलेट विभागका महानिर्देशक गनेशप्रसाद ढाकाल र पश्चिम एसिया अफ्रिका महाशाखा प्रमुख दिपक अधिकारीले खाडी मुलुकमा रहेका कामदारको समग्र अवस्थाबारे जानकारी गराउनु हुनेछ ।
यस्तै परराष्ट सचिव शङकरदास बैरागीले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको कार्य बारेमा प्रधानमन्त्रीसँग छलफल गर्नु भएको छ । भारत भ्रमणमा राखिने एजेण्डाका सम्बन्धमा दाहालले छलफल गर्नु भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।