प्रमुख तीन दलको बैठक बस्दै

प्रमुख तीन दलको बैठक बस्दै

  • मङ्लबार, भदौ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ १४ भदौ ।
स्थानीय निकायको पुनरसंरचनाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रमुख तीन दलको बैठक बोलाउनु भएको छ ।

स्थानीय तहको पुनरसंरचनामा पछिल्लो पटक देखिएको मतभेद समाधान गर्ने प्रयास स्वरुप प्रधानमन्त्री दाहालले कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बोलाउनु भएको हो ।

बिहान ९ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा स्थानीय तहको संख्यमा देखिएको विवादमा छलफल गरी साझा धारणा बनाउने तयारी भएको नेताहरुले बताएका छन् ।

पुनरसंरचना आयोगले तयार पारेको प्रस्तावमा ५ सय ६५ को संख्यमा स्थानीय तह हुने उल्लेख गरिएको छ । कांग्रेस माओवादीले सो संख्य बढाउनु पर्ने बताएका छन् भने एमालले आयोगको प्रस्ताव अनुसार नै अघि बढ्नु पर्ने मत राख्दै आएको छ ।

यस्तै आजको बैठकले स्थानीय निकाय निर्वाचनको मिति तय गर्ने तयारी सकेत गरेको बताइएको छ । तीन दलको बैठकअघि प्रधानमन्त्री दाहालले कांग्रेस नेता रामचन्द्र पौडेलसँग छुट्टै छलफल गर्दै हुनुहन्छ ।

दुई नेताकोबीचको छलफलमा स्थानीय तह पुनरसंरचनाको संख्यमा साझा धारणा बनाउने प्रयास हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ