बर्दिया, भदौ १३ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधानप्रतिको असन्तुष्टि हल गरि संविधान कार्यान्वयन गर्न नयाँ सरकार गठन भएको प्रतिक्रिया दिनुभएको छ ।
बर्दियाको भुरीगाउँ बजारमा आज आयोजित काग्रेस कार्यकर्ता भेटघाटमा मन्त्री लेखकले वर्तमान सरकारले थारु, मधेसीलगायतका दलको संविधानप्रतिको असन्तुष्टि सम्बोधन गर्ने बताउनु भयो ।
उहाले नयाँ सरकारले संविधान कार्यान्वयनलाई पूर्णप्राथमिकता दिने स्पस्ट पार्नुभयो । जसरी भएपनि संविधान कार्यान्वयन गरेरै छाड्ने उहाको भनाइ थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline