काठमाडौं भाद्र १३, ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय हित विपरित कसैसँग सम्झौता नगर्ने प्रष्ट पार्नुभएको छ ।
राष्टिय सरोकार अभियान नेपालको टोलीसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले कसैसँग सहकार्य गर्दा राष्ट्रिय हित विपरित सम्झौता नगर्ने प्रष्ट पार्नुभयो ।
संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढ गर्न सबैलाई मिलाएर लैजानुपर्ने उहाको भनाई थियो ।
यस्तै उहाले आफु भारत भ्रमणमा जानुअघि बिज्ञहरुसँग राष्ट्रिय महत्वका बिषयहरुमा नीतिगत र प्राविधिक सुझाव लिने बताउनु भयो ।
पुर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री सहितको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई निजगढ काठमाडौं द्रुतमार्ग र विभिन्न ठुला जलविद्युत आयोजना लगायतका राष्ट्रिय आयोजनाहरु नेपाली लगानीमै निमार्ण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो ।