भक्तपुर, १३ भदौ ।
भक्तपुरका तलेजुदेवी सामुदायिक वन र केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वनमा रहेको सिमाना विवादमा सहमति भएको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहयोेग र द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा) समुहको आयोजनामा संचालन गरिएको छुट्टछुट्टै दिनमा बसेको संयुक्त बैठकमा तलेजुदेवी सामुदायिक वन र केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वनमा रहेको विवादमा सहमति भएको हो ।
नेपाल सरकारबाट हस्तान्तरण भएदेखि नै विवादित केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वन र वनको सीमा क्षेत्रमा रहेका जग्गाधनि, मोही र पाखुरी मोहीहरु बिच रहेको सिमाना विवाद बिगत एक वर्ष देखि प्राकृतिक स्रोत द्वन्द्व नेपालले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण प्रकृयामा काम गदै आई रहेको धार्मिक वनका संयोजक विश्वराम थापाले बताउनु भयो ।
नेपाल सरकारबाट हस्तान्तरण भएदेखि उक्त विबादमा काम गरिरहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सिमाना विबादित सो स्थानमा द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा) समुह नामक समुह गठन गरेको थियो ।
धार्मिक वन र जग्गाधनि, मोही र पाखुरी मोहीको प्रतिनिधित्ब हुने गरि (माकुरा) समुहको आयोजनामा दुबै पक्षविच पाँच बुदे सहमती पत्रमा हस्ताक्षर गराई एक कार्यान्वयन समिति गठन गरिएको माकुरा समुहका सदस्य धर्मराज बस्नेतले जानकारी दिनु भयो । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका उपाध्यक्ष सुर्य बहादुर खाईतुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति सुर्यबिनायक नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारी रहनु भएको थियो ।
सुर्यबिनायक नगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत यामलाल अधिकारी, केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वनको तर्फबाट संयोजक विश्वराम थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ भक्तपुरका अध्यक्ष रामेश्वर बोहोरा, जिल्ला वन कार्यालय भक्तपुरको तर्फबाट प्रतिनिधी रोशनी बुढाथोकी, जग्गाधनिको तर्फबाट पदम बहादुर पौडेल, मोहीको तर्फबाट बच्चुराम थापा र पाखुरी मोहीको तर्फबाट रामधारी भुजेल र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको तर्फबाट कोषाध्यक्ष निरुमाया थिङ्गको रोहवरमा सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।
यसैगरी नेपाल सरकारबाट हस्तान्तरण भएको वि.सं. २०५४ सालदेखि नै विवादित तलेजुदेवी सामुदायिक वन उपभोक्ता समूह र वनको सीमा क्षेत्रमा रहेका १६ जना जग्गाधनिहरु बिच रहेको सिमाना विवाद बिगत एक वर्ष देखि प्राकृतिक स्रोत द्वन्द्व नेपालले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण प्रकृयामा काम गदै आई रहेको वन उपभोक्ता समूहका संयोजक लवराज थापाले बताउनु भयो ।
नेपाल सरकारबाट हस्तान्तरण भएदेखि उक्त विबादमा काम गरिरहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सिमाना विबादित सो स्थानमा द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा) समुह नामक समुह गठन गरेको थियो । वन समूह र जग्गाधनिको प्रतिनिधित्ब हुने गरि (माकुरा) समुहको आयोजनामा दुबै पक्षविच ६ बुदे सहमती पत्रमा हस्ताक्षर गराई एक कार्यान्वयन समिति गठन गरिएको माकुरा समुहका सदस्य रेखा थापाले जानकारी दिनु भयो । बन उपभोक्ता समूहका अध्यक्ष लवराज थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अथिति सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ भक्तपुरका अध्यक्ष रामेश्वर बोहोरा रहनु भएको थियो ।
सुर्यबिनायक नगरपालिकाको तर्फबाट वडासचिव मोहन गिरी, बन उपभोक्ता समूहको तर्फबाट अध्यक्ष लवराज थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ भक्तपुरका अध्यक्ष रामेश्वर बोहोरा, जिल्ला वन कार्यालय भक्तपुरको तर्फबाट प्रतिनिधी जयराम न्यौपाने, जग्गाधनिको तर्फबाट रेखा थापा र रमा थापा तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको तर्फबाट बरिष्ठ कार्यक्रम अधिकृत दिपक भट्टको रोहवरमा सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।