काठमाडौ १३ भदौ ।
मधेसी मोर्चाले मधेस आन्दोलन सुरु हुनु भन्दा पहिले नै मृत्यु भएकाहरुलाई समेत शहिद घोषणा गर्न सरकारलाई नामवली बुझाएको खुलासा भएको छ ।
मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएको भन्दै शहिद घोषणा गर्न माग गर्दै ६८ जनाको नाम सरकारलाई बुझाएको थियो ।
जसमध्ये सम्बन्धित जिल्ला प्रशासनले प्रमाणीकरण गरी पठाएका ५२ जनालाई सरकारले केही समय अघि शहिद घोषणा गर्दै आश्रित परिवारलाई १० लाख रुपैया दिने निर्णय गरिसकेको छ ।
बाँकी रहेका १६ जना मध्ये ६ जनाको प्रमाणीकरणका क्रममा मधेस आन्दोलन भन्दा पहिले नै उनीहरुको मृत्यु भएको देखिएको सुरक्षा स्रोतले दावी गरेको छ ।
पहिलो चरणमा ६ जनाको प्रमाणीकरण भए थप १० जना पठाउने तयारी भएको पठाइएको नाम पुष्टी हुन नसकेपछि गृह मन्त्रालयले थप १० जनाको प्रमाणीकरण प्रक्रिया भने सुरु गर्न सकेको छैन ।
मोर्चाले सिफारिस गरेका १६ जनामा केही दुर्घटना र विभिन्न कारणले मृत्यु भएका रहेको बताइन्छ ।