पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

  • आइतवार, भदौ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं १२ भदौ ।
शाहीकालका पूर्व मन्त्री एवम् जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको गएराति ७० वर्षको उमेरमा निधन भएको छ ।

हिजो अपरान्ह ४ बजे पिसाब बन्द भई जीउ सुन्निएपछि काठमाण्डौको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना हुनु भएका उहाँको उपचारका क्रममा निधन भएको हो ।

२०७० साल बैशाख १२ गते काठमाडौं राष्ट्रिय सभागृहमा भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले ठक्कर दिएको थियो ।

त्यसपछि खपाङ्गीको लगातार उपचार भएपनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

उहाँ २०५९ साल भदौ २२ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री हुनुहुन्थ्यो । उहाँको आजै अन्त्येष्टि गरिने पारिवारीक स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ