आफूहरुसँग भएको सहमति कार्यन्वयनका लागि मोर्चाले आज सरकारको ध्यानाकर्ष गराइदै

आफूहरुसँग भएको सहमति कार्यन्वयनका लागि मोर्चाले आज सरकारको ध्यानाकर्ष गराइदै

  • आइतवार, भदौ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौ १२ भदौ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नयाँ सरकार गठनअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र कांग्रेससँग भएको तीन बाँदे सहमति कार्यन्वयनमा भएको प्रगतिका सम्बन्धमा आज सरकारको ध्यानकर्षण गराउने भएको छ ।

सत्तारुढ दलहरुसँग भएको तीन बँुदे सहमति मध्ये संविधान संशोधन र मधेश आन्दोलनका क्रममा मृत्यु भएका थपलाई सहिद घोषणा गर्ने सम्बन्धमा गृहमन्त्री मार्फत सरकारको ध्यानकर्षण गराउन लागिएको मोर्चा आवद्ध दल सद्भावना पार्टका महासचिव मनिसकमार सुमनले जानकारी दिनुभयो ।

त्यसका लागि मोर्चाका सचिवालय सदस्यले आज दिउँसो दुई बजे गृहमन्त्री बिमलेन्द्र निधिलाई भेट्ने तयारी गरेको छ । मधेश आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनालाई सहिद घोषणा गर्दै प्रत्येकलाई १० लाख रुपैयाँ दिनेबारे सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

आन्दोलनका क्रममा ६८ जनाको मृत्यु भएको भन्दै मोर्चाले थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै आएको छ ।

त्यस्तै सरकारी मुद्धा खेपिरहेको आन्दोलनकारीहरुको रिहाई घाइतेहरुलाई उपचार र राहतका सम्बन्धमा समेत गृहमन्त्रीको ध्यानाकर्षण गराउने मोर्चाको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ