बढ्दो सवारी दुर्घटना न्युनिकरणका सम्बन्धमा आज संसदमा छलफल हुदै

बढ्दो सवारी दुर्घटना न्युनिकरणका सम्बन्धमा आज संसदमा छलफल हुदै

  • आइतवार, भदौ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १२ भदौ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा मुलुकमा बढ्दो सवारी दुर्घटना न्यनुनिकरण गर्ने सम्बन्धमा छलफल हुदैछ ।

पछिल्लो समय भएका यात्रुबस दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति हुन थालेपछि त्यसको नियन्त्रणका लागि सरकारी संयन्त्रलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा संसदमा छलफल हुन लागेको हो ।

विकास समितिका सभापति एवम् एमाले सांसद रविन्द्र अधिकारीले संसदमा पेश गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि आजको बैठकमा छलफल गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

सवारी दुर्घटनाका कारण पछिल्लो समय ठूलो परिमाणमा जनधनको क्षति बढेको भन्दै सडक सुरक्षाकारी योजना कार्यन्वयनको माग गर्दै अधिकारीले गत साउन ३२ गते संसदमा उक्र प्रस्ताव दर्ता गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ