सरकारले गाडीमा खसीबोका हाल्नेलाई कडा कार्बाही गर्ने

सरकारले गाडीमा खसीबोका हाल्नेलाई कडा कार्बाही गर्ने

  • शनिबार, भदौ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौ ११ भदौ । गाडीमा सिट भन्दा बढी मान्छे हाल्ने, खसीबोका हाल्ने छतमा चढेर यात्रा गर्ने गराउने गरेमा अबदेखि सरकारले कडा कार्बाही गर्ने भएको छ ।
मुलुकभर बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न गृह मन्त्रालयले बिशेष रणनीति सहित यस्तो कार्बाहीको तयारी गरेको हो ।
यसरी कार्बाही अघि बढाउन गृह मन्त्रालयले मातहतका जिल्ला प्रशासन कार्यलयहरुमा तीन बुदे लिखित निर्देशन पठाउने तयारी गरेको छ ।
अब देखी यातायात क्षेत्रमा कठोर नियम लागू गर्न लागिएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले तयार गरेको दुर्घटना न्युनिकरणको रणनीतिक कार्ययोजनामा यात्रुबाहक सवारीमा सिट क्षमता भन्दा एक जना पनि बढी यात्रु राख्न नपाइने तथा सवारी साधनको भार बहन क्षमताको प्रहरीले बिशेष निगरानी गर्ने उल्लेख छ ।

यस्तै यात्रु बाहक बसमा यात्रुको सामान बाहेक खसी बोका वा अन्य कुनै भारी सामान राख्न पुर्णरुपमा रोक लगाइनेछ । यसैगरी सानो वा एकतर्फी बाटोको जोखिम बिश्लेषण गरि ठुला खाले यात्रुबाहक बसलाई त्यस्तो सडकमा गुड्न पुर्ण रुपमा प्रतिवन्ध लगाइनेछ ।

लामो दुरीमा चल्ने यात्रु बसमा दुई जना चालक अनिवार्य हुने व्यवस्थाको कडाईका साथ पालना गराउन पनि गृह मन्त्रालयले निर्देशन दिएको छ । यस्तै ट्रकमा यात्रु बोक्न पुर्ण रुपमा रोक लगाइने मन्त्रालयले जनाएको छ ।

बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागी सरकारले ठोस पहल गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला कानुन कार्यान्वयन गर्ने निकाय गृह मन्त्रालयले मौजुदा कानुनी व्यवस्थाको कडा रुपमा पालना गराउने तयारी थालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ