काठमाडौं, भदौ ११ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि आन्तरिक एकता सुदृढ गर्नु जरुरी रहेको बताउनु भएको छ ।
गोरखाबाट आएको बुढीगण्डकी आयोजना सरोकार समितिको प्रतिनिधिमण्डलसँग आज आफ्नै सरकारी निवास बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनको चुनौती सामना गर्न सबै दल एकजुट हुनुको विकल्प नभएकोमा जोड दिनुभयो ।
संविधान कार्यान्वयनमा एकजुट भएर लाग्नुपर्ने भन्दै उहाले छिमेकी मुलकहरुसँग सम्बन्ध पनि सन्तुलित राख्नु पनि अहिलेको प्राथमिकता भएको धारणा राख्नुभयो ।
भारत र चीनसँगको पारस्परिक सम्बन्ध आफ्नो कार्यकालमा अझ सुदुढ बनाउने उहाको भनाइ थियो ।
प्रधानमन्त्रीसँगको भेटमा गोरखाबाट आएको बुढीगण्डकी आयोजना सरोकार समितिको प्रतिनिधिमण्डलले बुढीगण्डकी आयोजना राष्ट्रकै लागि गौरवको विषय भएको भन्दै निर्माण प्रकृयालाई अगाडि बढाउन आग्रह गरेको थियो ।