कोहलपुर , ११ भदौ ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सत्तासिन दलहरुकै कारण स्थानीय निकायको निर्वाचन सम्भव नभएको दाबी गर्नुभएको छ ।
क्रान्तिकारी पत्रकार महासंघले आज विहान बाँकेको कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै वैद्यले आफूहरुको कारणले नभइ संसदमा रहेका प्रमुख दलहरुकै कारण निर्वाचन सम्भव नभएको दाबी गर्नुभएको हो ।
सम्भावना नै नरहेको स्थानीय निर्वाचनमा आफूहरुले भाग लिने नलिने भन्ने छलफलको विषय नै नभएको उहाको भनाई थियो ।
आवश्यकताअनुसार उपयोग गर्ने अथवा बहिष्कार गर्ने नीति पार्टीको रहेको स्पष्ठ पादै वैद्यले निर्वाचन हुने निश्चित भएमा भाग लिने नलिनेबारे पार्टीमा छलफल गरेर मात्रै निर्णय गरिने बताउनु भयो ।
राष्ट्रियता र जनजीविकाको सवालमा जनताले नै राज्यविरुद्ध बन्दुक उठाउने वैद्यले भनाई छ । त्यसको नेतृत्व भने आफ्नो पार्टीले गर्ने उहाले बताउनु भयो ।
यसैबीच, नेकपा माओवादीका महासचिव विप्लवको राजनीतिक कार्यदिशा स्पष्ट नभएको टिप्पणी गर्नुभएको छ । कार्यदिशा नै स्पष्ट नभएका कारण विप्लवसँग तत्काल एकता हुन नसक्ने बताउनु भयो ।