पछिल्ला ३ वर्षमा पश्चिममा २१ सय १४ सवारी दुर्घटना : १४४९ ले ज्यान गुमाए

पछिल्ला ३ वर्षमा पश्चिममा २१ सय १४ सवारी दुर्घटना : १४४९ ले ज्यान गुमाए

  • शनिबार, भदौ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ११ भदौ ।  

पश्चिमाञ्चलमा पछिल्ला ३ वर्षमा भएका २ हजार १ सय १४ सवारी दुर्घटनामा १ हजार ४ सय ४९ जनाले ज्यान गुमाएका छन् ।

धेरै दुर्घटना खराब सडक र चालकका कारण हुने गरेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरीको अध्ययन प्रतिवेदनले देखाएको छ ।

सडक र सवारी दुवै बढेकाले रोकथामको प्रयास हुँदाहुँदै पनि सवारी दुर्घटना बढेको प्रतिवेदनमा उल्लेख छ । पश्चिमान्चलमा ११ हजार ४ किलोमिटर सडक क्षेत्र रहेको छ ।

सडक क्षमताभन्दा बढी सवारीको चाप तथा सवारी कारबाही नीति कमजोर हुनुले बढी दुर्घटना बढेको अध्ययनमा संलग्न प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद पाण्डे बताउनुभयो ।

यस्तै प्रतिवेदन अनुसार मध्य क्षेत्रका १६ वटा जिल्लामा आर्थिक वर्ष ७२÷७३ मा भएका दुर्घटनामा ५ सय ८ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय १८ जना घाइते भएका छन् ।

काठमाडौ उपत्यकाका तीन बाहेक १६ जिल्लामा गत आर्थिक वर्षमा एक हजार ४ सय ५१ वटा सवारी दुर्घटना भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ