त्रिशुली नदीमा आज फेरि ट्रक खस्यो

त्रिशुली नदीमा आज फेरि ट्रक खस्यो

  • शनिबार, भदौ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ११ भदौ ।  

मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको जलबिरेस्थित त्रिशुली नदीमा आज पुनः ट्रक खस्दा ७ जना घाइते भएका छन् ।

मुग्लिनबाट बालुवा लिएर नारायणगढ तर्फ जाँदै गरेको ना ३ ख ४५५६ नम्बरको ट्रक आज बिहान करिब साढे ५ बजे अनियन्त्रित भएर नदीमा खसेको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरी अस्पताल लाने तयारी भइरहेको चितवन प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको छ ।

यसअघि हिजो मात्र चितवनकै चन्डीभन्ज्याङस्थित त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा २२ जनाको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ