संविधान कार्यान्वयनमा प्रमुख दलहरु गम्भीर हुनुपर्छ

संविधान कार्यान्वयनमा प्रमुख दलहरु गम्भीर हुनुपर्छ

  • शुक्रबार, भदौ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १० भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संबिधान कार्यान्वयन नभए एमालेले जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिनुभएको छ ।

सिन्धुलीे सदरमुकाम सिन्धुलीमाडीमा आज सन्चारकर्मीसँग कुरा गर्दै संबिधान कार्यान्वयन अहिलेको प्रमुख आवश्यत्ता रहेकाले कसैले षड्न्त्र गरेर त्यसलार्इै विफल पार्न खोजे एमाले आगो बाल्न पछि नपर्ने नेचावनी दिनुभयो ।

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयन गर्नेमा आशंका रहेको भन्दै खनालले त्यस्तो भए मुलुकका लागी नै दुर्भाग्य सावित हुने बताउनु भयो ।

०७३ माघ ७ गतेसम्म तीनओटै निकायको निर्वाचन नभए संविधान, लोकतन्त्र र स्वतन्त्रता समेत समाप्त हुने उहाको भनाई छ ।

यस्तै एमाले नेता शंकर पोखरेलले संविधान कार्यान्वयनमा प्रमुख दलहरु गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । धनकुटामा आज सन्चारकर्मीसँग कुरा गर्दै उहाले नयाँ संविधानले तोकेअनुरुप वर्तमान सरकारले काम गर्न नसके संवैधानिक जटिलता उत्पन्न हुने भन्दै प्रमुख दलहरु मिल्नुको विकल्प नरहेको बताउनु भयो ।

संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्ने पोखरेलको भनाई थियो । उहाले अघिल्लो सरकारले गरेका महत्वपूर्ण सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकारसँग आग्रह समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ