काठमाडौं, भदौ १०।
नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले डाक्टर गोविन्द केसीको माग जायज भएकाले उहाँको माग पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्दै उहाँले आफ्नो कार्यकालमा चुनौती धेरै भएपनि स्वास्थ क्षेत्रमा देखिएका विकृति अन्त्यको लागि आफू लागिपर्ने उहाँले बताउनुभयो ।
संविधान जारी भइसकेपछि संविधान कार्यान्वयन गर्ने समय भएको बताउदै मन्त्री थापाले संविधान कार्यान्वयनसँगै स्वास्थ्य क्षेत्रको पनि कानुन बनाउने, पूर्वाधार बनाउने, स्रोत जुटाउने तर्फ आफू केन्द्रित हुने बताउनु भयो ।
आफू असफल भए युवा पुस्ता असफल हुने भन्दै मन्त्री थापाले सत्यको पक्षमा काम गर्ने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline