काठमान्डौ भदौ १० ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज उपचारका लागी सिंगापुर जादै हुुनुहुन्छ । सभापति देउवा दिउसो २ बजे त्यस तर्फ जानु हुने बताइएको छ ।
नियमित स्वास्थ्य परिक्षणका लागि सिंगापुर जान लाग्नु भएका देउवा एक साता सिंगापुरमै रहनु हुने बताइएको छ ।
उपचारका लागि सभापति देउवा बुधबार नै सिंगापुर जाने भनिए पनि कांग्रेसले आफ्नो पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने नामावली पठाउन ढिलाई भएका कारण उहाँ सिंगापुर जान सक्नु भएको थिएन ।
कांग्रेसले हिजो आन्तरिक विवाद अन्त्य गर्दै सरकारमा जाने मन्त्रीहरुको नामावली टुङगो लगाए सँगै उहाँ आज त्यस तर्फ जान लाग्नु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline