प्रधानमन्त्री दाहाल र डा. केसीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र डा. केसीबीच भेटवार्ता

  • शुक्रबार, भदौ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ १० भदौ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीबिच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न डा. केसी आज बिहानै बालुवाटार पुग्नु भएको थियो ।

सो क्रममा डा. केसीका मागबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य क्षेत्रको बेथिती अन्त्यको माग गर्दै आन्दोलनमा रहेका प्रा.डा. गोविन्द केसीले आफ्ना मागहरुलाई गंभिरतापूर्वक लिईदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा आफूले पछिल्लो अनसन तोडेकाले माग सम्बोधनका लागि बर्तमान सत्तागठबन्धन गंभिर बन्नु पर्ने डा केसीको भनाई थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले डा. केसीको मागमा सरकार गंभिर रहेको बताउदै माग र मुद्दाबारे थप अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाउनु भएको छ । सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसीले आन्दोलन गर्दै आउनु भएको छ ।

उहाँले गएको साउन २९ गते पनि प्रधानमन्त्री दाहालसँग भेट गरी सरकारसँग भएका आफ्ना सम्झौता र संसदमा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग समेटिएको ६ बुँदे मागपत्र बुझाउनुभएको थियो ।

डा. केसीले शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, पाँच वर्षभित्र सरकारी शिक्षण संस्थामा मेडिकल स्नातकोत्तर (पिजी) ७५ प्रतिशत निःशुल्क हुनुपर्ने, काठमाडौँ उपत्यकामा १० वर्षभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका माग अघि सार्दै आउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ