काठमाडौं, भदौ ९ । चर्चित लोक गायक तथा संगितकार खेमराज गुरुङको आज निधन भएको छ । ‘
कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको विहीबार साँझ करिब ६ बजे चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको हो ।
उनलाई ११ दिनदेखि सोही अस्पतालको सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको स्व. गुरुङका भतिजा रत्न गुरुङले राससलाई जानकारी दिए ।
गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उनीहरू आएपछिमात्र अन्त्येष्टि गरिने छ । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राख्ने तय गरिएको छ ।
स्व. गुरुङका वारि जमुना पारि जमुना, जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे (लोकगीत) र घुमफिरलगायत लोक तथा लोकपप गीतका एल्बम बजारमा उपलब्ध छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline