काठमाडौ । एउटै मञ्चमा एकसाथ आयोजना हुन लागेको ति सौदर्य प्रतियोगीता ‘मिस राजधानी २०१६’, ‘मिस्टर राजधानी २०१६’ र ‘मिसेज राजधानी २०१६’को प्रशिक्षण सुरु भएको छ । पहिलो चरको अडिसनबाट छानिएका प्रतियोगीका लागी प्रशिक्षण सुरु भएको आयोजक एक्सपोज नेपालले जनाएको छ ।
प्रतियोगीताको दोस्रो चरणको अडिसन आगामी भदौ १० गते रानजधानीमा हुँदैछ । यसबाट छानिएका प्रतियोगी पनि प्रशिक्षणमा सहभागी हुनेछन् ।
सौदर्य मापन तपिरकबालाई आधुनिकतामा ढाल्दै आएको एक्सपोज नेपालको यी प्रतियानेगिताबाट युवायुवती देखि बिवाहित महिलासम्मको सहभागिता रहनेछ ।
तिन मध्य ‘मिस राजधानी’ १५ देखि १९ वर्ष उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्ष उमेरका युवा र , ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाहरुको सहभागीता रहनेछ ।
युवायुवती साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगीताको रहेको आयोजक एक्पोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए । प्रतियोगीताले प्रतिभावान र बौद्धिक ब्याक्तिको क्षमतालाई सबैसामु उजागर गर्ने शाहीको बिस्वास छ ।
बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रने प्रतियोगीले शिर्ष सहित १६ विभिन्न विधागत पुरस्कार जित्न सक्नेछन् ।