मधेश आन्दोलनमा भारतीयहरु थिएः मनीष सुमन

मधेश आन्दोलनमा भारतीयहरु थिएः मनीष सुमन

  • बिहिबार, भदौ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भदौ ९ काठमाण्डौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका महासचिब मनिस सुमनले मधेस आन्दोलनमा सिमापारीका मानिसहरु पनि सहभागि भएको स्विकार गर्नु भएको छ ।

रेडियो मिर्मिरेको दैनिक कार्यक्रम आजको सन्दर्भमा कुरा गर्दै उहाले यस्तो स्वीकार गर्नु भएको हो ।
मधेस आन्दोलनका क्रममा विरगञ्जमा प्रहरीको गोलीबाट मारिएका भारतीय नागरिक आसिस रामलाई सहिद घोषणा गर्नुपर्ने भन्दै उहॉले “दुबैदेशमा हुने जुनसुकै गतिधिीमा सिमाना वारीपारिका जनता सहभागी हुने भएकाले त्यो आन्दोलनमा आसिस रामपनि सहमागी भएका हुनु गलत होइन ।”

विगतमा नेपालमा भएका धेरै आन्दोलनमा भारतीय नेताहरुको उपस्थितिले पनि अधिकारको आन्दोलन आफ्नो र अर्काको देशको नहुने भन्दै प्रजातान्त्रिक आन्दोलनमा चन्द्र शेखरले भाषण गर्दा खुसी हुने नेपालीहरु किन अहिले भारतीयहरु आन्दोलनमा आउदा आपत्ति मान्नु पर्ने भन्दै प्रश्न गर्नु भयो ।

६२–६३को जनआन्दोलमा ज्यान गुमाएका भारतीय नागरिक महम्मद जहाँगीरलाई सहीद घोषणा गरिएकोले मधेस आन्दोलमा ज्यान गुमाएका भारतीय नागरिकहरुलाई पनि शहिद घोषणा गर्नुपर्ने उहाको जिकिर छ ।
लामो समय चलेको मधेश आन्दोलनमा बिहार र उत्तर प्रदेशका भारतीय नागरिकहरु संलग्न भएको स्वयं मधेशी मोर्चाले स्वीकार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ