जबरजस्ती करणी र हत्या गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी र हत्या गरेको अभियोगमा पक्राउ

  • बिहिबार, भदौ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, ९ भदौ रौतहट । मर्यादपुर–१ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी पुल माथिबाट फालेर हत्या गरेको अभियोगमा कटहरिया–१ बस्ने २६ वर्षीय बालकिशोर चौरासियालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

हजुरआमासँग आफ्नै घरमा सुतिरहेको अवस्थामा मंगलबार हराएकी बालिकाको खोजी गर्ने क्रममा शंकास्पद चौरासियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा पतौरा–७ स्थित बकैया नदीको पुलमुनी जबरजस्ती करणी गरी पुलमाथिबाट फालिदिएको खुल्न आएपछि खोजी गर्दा ईनर्वा–८ मटेर्वाघाट बकैया नदीको किनारमा बालिकाको शव फेला परेको थियो ।
उधरापुर–२ सिमलघारी बस्ने २७ वर्षीया महिलालाई बुधबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय भागीराम चैधरीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ